काठमाडौं, ४ माघ । आजदेखि काठमाडोंमा अन्तर्राष्ट्रिय हिउँचितुवा सम्मेलन हुने भएको छ । विश्वबाट हिउँचितुवा लोप हुन नदिन संरक्षण र साझा उद्देश्यलाई जोड दिंदै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।

JqrXtgpXसम्मेलनमा भुटान, पाकिस्तान, अफगानिस्तान, काजकिस्तान, किर्गिजस्तान, मंगोलिया, भारत, चीन, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायत हिउँचितुवा पाइने १२ देशका मन्त्री, उच्चपदस्थ अधिकारी, वन्यजन्तुविद् र विभिन्न गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहने छ ।

मन्त्रालयका सहसचिव तथा वन्यजन्तुविद् महेश्वर ढकालले हिउँचितुवाको संरक्षण र व्यवस्थापनका लागि विश्वका विभिन्न देशको साझा एजेन्डा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।