नयाँ दिल्ली, ४ माघ । पूर्वी दिल्लीको न्यु अशोक नगर इलाकामा स्कुले युवतीमाथि लगातार बलात्कारमा संलग्न एक सिरियल रेपिस्टलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।

ind_imgसोधपुछका क्रममा आरोपीले आफूमाथिको आरोप स्वीकार गर्दै पछिल्ला १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरेको बताएका छन् । बलात्कार आरोपी सुनिल रस्तोगीको दिल्लीको एक अदालतले १४ दिनका लागि हिरासतमा पठाएको छ । उनले किशोरीहरुलाई कुनै वस्तु दिनका लागि बाबुआमाले पठाएको भन्दै फसाउँदै गर्ने गरेका थिए ।

एक अधिकारी ओमवीर सिंहले उनले नाबालिग युवतीलाई निशाना बनाउने गरेको बताएका छन् । जब कुनै बालिका स्कुलबाट घर जाने आउने गरेको देखेपछि तिनीहरुलाई बाबुआमाले कुनै कपडा वा अन्य सामान पठाएको भन्दै एकान्तमा लिएर जाने गर्दथे । राजधानीमा खवर छ । आरोपीमाथि रुद्रपुर, दिल्ली र गाजियावादमा यौन अपराध तथा चोरीको मुद्धा छ । ३८ वर्षीय आरोपी ३ छोरी र २ छोराका बाबु हुन् ।