इन्द्रेणी संवाददाता
दाङ, ३ माघ । नेपाल मगर संघ दाङको आयोजनामा धनुषवान कार्यक्रम आज सम्पन्न भएको छ । माघीको अवसरमा माघ १ गतेदेखि मगर संघ दाङको घोराही कार्यालय परिषरमा आयोजना गरिएको कार्यक्रमको औपचारिक रुपमा आज समापन गरिएको हो ।

DSCN1064धनुषवान हान्ने संस्कृति मगर समुदायमा पूरानो संस्कृति हो । पुर्खाले गर्दै आएको यो संस्कृति र परम्परालाई यो समुदायले निरन्तर रुपमा संरक्षण गर्दै आएको छ । यो कार्यक्रममा एउटा निश्चित स्थान र दुरी कायम गरेर तारा राखिएको हुन्छ र त्यो तारालाई धनुषवानले हानिन्छ । जसले तारको विच घेरामा वान हान्न सक्छ त्यसलाई विजय भएको मानिन्छ ।