इन्द्रेणी संवाददाता
दाङ, ३ माघ । दाङको घोराहीमा धार्मिक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७३ शुरु भएको छ ।

DSCN1046

फोटो : उदय बीसी

पद्योलय पव्लिक नमूना उच्च माध्यिमिक विद्यालय भरतपुर दाङको शैक्षिक स्तर बृद्धि तथा प्राविधिक शिक्षालयको निर्माणको सहयोगार्थ सञ्चालन भएको महायज्ञको उद्घाटन उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश वमकुमार श्रेष्ठले गरेका थिए ।

DSCN1049उद्घाटन अघि महायज्ञ स्थल कर्मचारी मिलन केन्द्रबाट कलश शाभोयात्रा निकालिएको थियो रयालीले घोराही बजार परिक्रममा गरेको थियो ।

DSCN1052कलश शाभोयात्रामा विभिन्न विद्यालयको विद्यार्थी, टोल विकास संस्था, अन्य समाजिक संघसंस्थालगायतको सहभागतिा थियो । महायज्ञको प्रमुख कथावाचकमा दिनबन्धु पोखरेल रहेका छन् ।

DSCN1051

DSCN1042