घोराही, २ माघ । दाङसहित विभिन्न देशभर आज १९ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइएको छ । विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
यसैक्रममा दाङको घोराहीमा पनि रयाली तथा कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।
घोराहीको ट्राफिक चोकबाट शुरु भएको सचेतना र्याली घोराही नगरपालिकाको सभाहलमा कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले भुकम्पबाट हुने क्षति कम गर्न भवन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
