काठमाडौं, २ माघ । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले वन्यजन्तुको छालासहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वरबाट रेडपाण्डाको छालासहित दुई जना र काठमाडौंको नरेफाँटबाट ओतको छालासहित एक जना गरी तीन जनालाई सिआइबीले पक्राउ गरेको हो ।

download (2)रेडपाण्डाको छालासहित पक्राउ पर्नेमा ओखलढुंगाका प्रितम तामाङ र सिन्धुलीका सम्भव वाईबा रहेको सिआइबीले जनाएको छ । उनीहरुको साथबाट रेडपाण्डाको २ वटा छाला बरामद गरिएको हो ।

यस्तै, दुर्लभ वन्यजन्तु ओतको छालासहित प्रहरीले रामेछाप कठजोरका चन्द्रबहादुर रोकालाई पक्राउ गरेको छ । काठमाडौंको नरेफाँटबाट उनलाई दुर्लभ वन्यजन्तु ओंतको एउटा छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।