नवलपरासी, २ माघ । पूर्व -पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नयाँ बेलहानी–८ अरुणखोला जंगलमा ट्रयाक्टर पल्टदा दुई जनाको ज्यान गएको छ ।

Accident-sign-610x259-750पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३ त २६९९ नम्बरकोे ट्रयाक्टर पल्टदा नवलपरासीको दुम्किबास–५ का २६ वर्षे चेतबहादुर रेस्मी मगर र दुम्किबास–१ का २७ वर्षे शम्भु गुरुङ्गको ज्यान गएको प्रहरीले जनाएको छ ।