सागर थापा
दाङ, २ माघ । इलाका प्रहरी कार्यालय गढवाको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । नेपाल प्रहरीका एआइजी विश्वराज सिंह शाहीले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

sagarभवनको उद्घाटन गर्दै गढवासहति दाङको समग्र सुरक्षा व्यवस्थामा एआइजी शाहीले चासो देखाएका थिए । उनले तत्काल राप्ती पुलमा प्रहरी विटको स्थापना गर्ने र सुरक्षालाई चुस्तदुरुस्त बनाउनका लागि इप्रका गढवालाई गाडीको व्यवस्था हुने जानकारी दिए ।

करीव एक करोड ४९ लाखको लागतमा निर्माण भएको उक्त भवन निर्माण कार्य सम्पन्न भएपछि अब त्यस क्षेत्रमा सुरक्षाका लागि वस्दै आएको सुरक्षाकर्मीहरुलाई सेवा दिनका लागि सहज हुनेछ ।