काठमाडौं, २ माघ । विरोधका बिचमै सत्ता पक्षले संविधान संसोधन प्रस्ताव संसदमा टेवुल गरिसकेपछि चक्रिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसोधन विधेयकबारे नयाँ रणनीति बनाउदैछ ।
अब कसरी अघि बढ्नेबारे निर्णय गर्न आइतबार अपरान्ह एमाले स्थायी समितिको बैठक बसेको छ । बैठकले पछिल्लो राजनीतिक परिस्थीतीका बारेमा विश्लेषण गर्दै नयाँ कदम चाल्ने नेताहरुले बताएका छन् ।
सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक टेबुल गरेपछि पहिलोपटक स्थायी समितिको बैठक बसेको हो । केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा सरकारले संसदमा टेबुल गरेको संविधान संशोधन प्रस्ताव, संविधान कार्यान्वयनका लागि संचालन गरिने मेची महाकाली अभियान लगायतका विषयमा छलफल हुँदैछ ।
सरकारले पाँच नम्बर प्रदेश विभाजन गर्ने गरी संसदमा टेबुल गरिएको संशोधन प्रस्ताव फिर्ता लिन एमालेले दवाव दिदै आएको छ ।











