लमही, २ माघ । देउखुरीको वेला गाविस वडा न २ वनकट्टीमा जमिन मुनि गाडेको अवस्थामा सालनालसहित शिशुको शव फेला परेको छ ।
वनकट्टी निवासी २३ बर्षिय लक्ष्मी चौधरीले जन्माएको शिसुलाई आफै हत्या गरेर गाडेको स्थानिय वासिन्दाले शंका गरेका छन् । स्थानीयको शंकापछि प्रहरीको रोहवरमा खाडल खन्दा गाडिएको अवस्थामा शिशुको शव फेला परेको हो ।
शिशुको शवको पोष्टमार्टम प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ भने शिशु हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय गढावाले लक्ष्मी चौधरीलाई नियन्त्रणमा लिएको छ ।
