बैतडी, १ माघ । पत्नीको हत्या गरी दाहसंस्कार गरेको आरोपमा जिल्लाको भौनेली–५ का २५ वर्षीय देवन्द्रबहादुर कुवँरलाईलाई प्रहरीले गिरप्तार गरेको छ ।
पुस २४ गते राति २३ वर्षीया पत्नी देवकीको हत्या गरेका देवन्द्रले गाँउलेको सहयोगमा २५ गते बिहान दाहसंस्कार गरेका थिए । आरोपीलाई प्रहरीले २७ गते राति घरबाटै गिरप्तार गरेको छ । माइती पक्षलाई जानकारी नगराई दाहसंस्कार गरेपछि माइती पक्षले प्रहरीलाई खबर गरेका थिए । उजुरी भने पुस २९ गते दर्ता भएको छ ।
देबेन्द्रका दाजु जयबहादुर कुवँरकी पत्नी भागरथी र देवकी दिदी बहिनी हुन् । देवकीको हत्या गरी आफूसँग रहेको मोबाइल समेत खोसेको देवकीकी बहिनी १९ वर्षीया भागरथी कुवँरले बताइन् । दाहसंस्कार गरेर मलामी फर्केपछि मात्रै आफूलाई मोबाइल दिएको र पछि आफूले माइतमा जानकारी गराएको भागरथीले बताइन् ।
राति हत्या गरिएकी देवकीको शव २६ गते बिहान झिसमिसेमै गाँउलेको सहयोगमा दाहसंस्कार गरिएको थियो । आरोपीलाई हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख हेरम्ब शर्माले बताए । कारोवारबाट
