घोराही, २९ पुस । विशेषत थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्वको अवसरमा नेपाली कांग्रेस दाङले सवैमा शुभकामना दिएको छ । नेपाली कांग्रेस दाङका सभापति कृति वहादुर खड्का र सचिव शंकर प्रसाद डांगीले शुभकामना सन्देश जारि गर्दै थारु समुदाय लगायत सवैमा माघि पर्वको शुभकामना दिनुभएको हो ।

शुभकामना वक्तव्यमा सांस्कृतिक महत्व वोकेको माघि पर्वले सवैमा सुख शान्ति अनि समृद्धितर्फ अघि वढ्न प्रेरणा मिलोस् भनिएको छ । पुराना संस्कृतिको संरक्षण तथा संवद्र्धनमा सदैभ साथमा रहने उल्लेख गर्दै वक्तव्यमा संस्कृति संरक्षणमा लाग्न सवैमा अपिल समेत गरिएको छ ।