तुलसीपुर, २८ पुस । चलचित्रकर्मी भुवन केसीले कलाकारिताको राज्यले सम्मान गर्न नसकेको बताएका छन् ।
आज चलचित्र पत्रकार संघले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नायक केसीले कलाकारहरुले धेरै दुःख र पलिगानी गरेर कला क्षेत्रमा हात हाले पनि राज्यबाट हुनुपर्ने जती सम्मान हुन नसकेको गुनासो गरे ।
उनले पछिल्लो सयममा पैसा र पहुँचको वलमा कलाकार हुने गरेको उल्लेख गर्दै त्यस्ता कलाकार क्षनिक समयका लागि मात्रै हुने बताए । कलाकारहरु पनि राजनीतिमा लागे नि भन्ने पत्रकारहरुको जिज्ञासामा कलाकारहरुले राजनीतिक गर्नु हुदैन भन्ने कतै नभएको बताए ।
