काठमाडौं, २८ पुस । सङ्कटापन्न हिउँ चितुवा संरक्षणमा विश्वव्यापी प्रयास प्रगति र आगामी कदम बारे हिउँ चितुवा पाइने देशका मन्त्रिस्तरीय बैठक आगामी माघ ४ देखि ७ गतेसम्म नेपालमा हुने भएको छ।
‘हिउँ चितुवा र परिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना ९जिएसएलईपी० तथा सर्वेक्षण कार्यशाला’ र त्यस सम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समितिको बैठक हुने वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको हो।
विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ।
बैठकमा आगामी योजनाको लागि स्रोत परिचालन रणनीतिको पहिचान गर्ने, हिउँ चितुवाको अवैध चोरी सिकार तथा व्यापार विरुद्ध जुध्न साझा विचार विकास गर्ने र हिउँ चितुवा सम्बन्धी अध्ययन अनुसन्धानमा पहलकदमी लिनेलगायत मुख्य विषयमा छलफल हुने बताइएको छ।
हिउँ चितुवा नेपालमा करिब तीन देखि पाँच सयको हाराहारीमा रहेको अनुमान छ। विश्वमा करिब तीन हजार पाँच सय देखि सात हजारको सङ्ख्यामा रहेको हुनसक्ने बताइन्छ। रासस
