दाङ । सामुदायिक रेडियो प्रसारक संघ अकोराबका नवनिर्वाचित वरिष्ठ केन्द्रियउपाध्य क्ष अर्जुन गिरीले संक्रमणकालिन अवस्थामा रहेका सामुदायिक रेडियोहरुको अवस्था सुधारमा लाग्नु आफ्नो प्राथमिकता भएको बताएका छन् ।
रिर्पोर्टस क्लव दाङले आज नवनिर्वाचितहरुलाई गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष गिरीले त्यसको सुरुवात दागबाटै गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् ।
रिर्पोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गिरीले सामुदायिक रेडियो बज्नका लागि बैकल्पिक उर्जा, स्रोत बृद्धिका लगायतका आधारभुत वस्तुहरुको व्यवस्थाका लागि आफु सक्रिय रुपमा लाग्ने समेत बताए । साथै उहाले भावनात्मक एकताले सफलता चुम्न सकिनेमा आफु विश्वस्त भएको बताएका छन् ।
