इन्द्रेणी संवाददाता
दाङ, १३ जेठ
यातायात ब्यवसायीहरुले गरेको चक्काजाम खुलेपछि यातायात सेवा सहज भएको छ । आन्दोलनमा उत्रिएका व्यवसायी तथा मजदुरहरुको जक्कजामका कारण आज विहानैदेखि सार्वजनिक यातायात प्रभावित भएको थियो ।
ट्राफिक जरिवाना रकम बढेको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाउँदा यात्रुहरु मर्कामा परेका थिए । ट्राफिक प्रहरीले नियम विपरित गाडी चलाउनेलाई जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागु गरेको छ ।
यातायात व्यवसायीले त्यसको विरोधमा आज विहान ५ वजेदेखि वेलुकी ५ वजेसम्म् दाङसहित देशभरी नै सार्वजनिक गाडी चचक्काजाका वजारमा गाडी चलेका छन ।।