इन्द्रेणी अनलाइनको रिपोर्ट
करिव चार महिना देखि क्यान्सर रोगले थलिएका गायक तथा पत्रकार छत्र परियारको अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ । नेपाल–भारत सिमानामा रहेको राजपुर ९ भौवानाका दाङमा घर भएका परियार आर्थिक रुपमा कमजोर भएका कारण आफ्नो उपचारमा सहयोगको लागि सवैलाई अनुरोध गरिरहेका छन् । भक्तपुर जिल्ला अस्पतालको सैयामा जीवनको भिख मागिरहेका छत्र भक्कानिदै भन्छन – “सम्पत्तिको नाममा म सँग केही छैन । हाम्रो परिवार ऐलानी जग्गामा बस्दै आएको छ । परिवारको जेठो छोरा हुँ । मेरो ६ महिनाको छोरो छ ।”
२६ वर्षीया परियार अहिले भक्तपुर जिल्ला अस्पतालले १२ वटा किमोथेरापी र ३५ वटा रेडियोथेरापी गर्नुपर्ने र अहिले सम्म दुई वटा किमेथेरापी दिईएको र केहि दिनमै रेडियोथेरापीको लागि अस्पतालले समय दिएको छ । आर्थिक रुपमा विपन्न परियारलाई अहिले दाङको जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल पत्रकार महासंघ दाङ, क्रान्तिकारी पत्रकार संघ दाङ र केही पत्रकार साथीको सहयोगमा आजसम्मको उपचार भई रहेको वताएका छन् । गरिब परिवारमा जन्मेको मान्छेलाई नै यस्तो रोग लागेपछि कसरी उपचार गर्ने भन्ने चिन्ताले पुरै परिवार पिरोलीरहेको छ।
दलित तथा गरिब परिवारमा जन्मिएका छत्रलाई बुवाआमाले जेनतेन एसएलसीसम्म पढाए ।” निर्दोष बुवाआमाले के सपना देखेका थिए कुन्नि तर मेरो मनमा कता कता एउटा सक्षम पत्रकार बन्ने र आवाजहिनका आवाज बोल्ने मिठो सपना देखे देखेँ किनकी बिनावर्दीका सीमारक्षक मेरा गाउँलेले भोगेका दुःख, कष्ट र संघर्षका कथा म आफ्नै हातले लेख्न चाहन्थेँ । त्यसैले त हामीले ‘नाका आवाज’ नामको दुईमहिने पत्रिका प्रकाशन तयारी गरिरहेका छौँ । ” उनले वताए । सुरुमा भरतपुर क्यान्सर अस्पताल चितवनमा आकस्मिक सानो आन्द्राको अप्रेसन गरिएको थियो ।
क्यान्सर जस्तो प्राण घातक रोगको उपचार गराइरहेका परियार लाई सुरुमै एक हप्तासम्म बाँच्ने र यदि कतै बाँची हालेमा मात्र उपचार गर्न आउनू भनेर फिर्ता पठाइदिएको थियो । उनका श्रीमती विमा परियारले वताए । तर, उहालाई बाँच्नुरहेछ बाच्नुभयो । म १४ दिनपछि बाँचेर अस्पतालमा पुग्दा डाक्टर अचम्ममा परेका थिए । त्यसपछि हिजोआज लाग्छ– उहाँले मृत्यु जितिसक्नु भएको छ । जिल्ला र गाउँका मेडिकलमा पटक पटक औषधी उपचार र तीनपटक भिडियो एक्स–रे गर्दा पनि मलाई के रोग लागेको हो थाहा हुन सकेन । तेस्रोपटकको एक्स–रेमा सानो आन्द्रामा सुजन भएको र औषधि खाएपछि निको हुन्छ भनेर मेडिकलका डाक्टरले भनेका थिए । तर, औषधि खाँदा पनि रोग निको हुनुको साटो झन्झन् बढ्दै गएको थियो । भक्तपुरमा दोस्रो चरणको केमोथेरापी सुरु भएको छ ।
त्यस लगतै रेडियोथेरापी र तेस्रो चरणका केमोथेरापी सुरु हुनेछ । उपचारका लागि २० लाखजति लाग्ने अस्पतालले बताएको छ तर घरको आर्थिक अवस्था भने एकदमै कमजोर छ । घरको जेठो छोरा परिवारमा चलाउने वेलामा छोरो यो हालत देख्दा वुवाआमालाई वज्रपात नैपरेको छ । आँखै अगाडी छोरो मरेको हेर्न पनि नसकिने त्यती ठुलो रकम आफुहरु संग पनि छैन सहयोग माग्दा मरेर जाने छोराको लागि किन दुख गर्छौ भन्छन् सहन सक्दीन आजकल रोएरै दिन रात कटाउदै छू रुदै परियारकी आमाले भन्नुभयो । भाइले मलेसियामा बसेर कमाएको जति सबै मेरो आन्द्राको अप्रेसन गर्नेबेला नै सकिएको परिवारले जनाएको छ । अब तपाईं सहयोगदाताको मात्र आस छ । तपाईंले गरेको सानो सहयोगले मैले नयाँजीवन पाउनेछु । मेरो ६ महिनाको छोरा टुहुरो हुनुपर्ने छैन । मेरी श्रीमती खाउँखाउँ र लाउँलाउँकै उमेरमा विधवा हुनुपर्ने छैन । तपाईंको सानो सहयोगले निको हुनेछु भन्ने आशा छ । थोरै भए पनि सहयोग गर्दिनुस् । मेरो बाँकी जीवनमा पत्रकार र कलाकार बनेर नाकावासीको हितका लागि काम गर्ने चाहना छ ।
