काठमाडौं, २७ पुस । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नेतृत्वको टोली आज बुधबार भारु सटहीको विषयमा कुरा गर्न भारत जाने भएको छ ।

टोलीले नेपालको बैंकिङ प्रणाली र प्रणालीबाहिर रहेको भारु सटहीको विषयमा मोडालिटी लिएर जाने जनाइएको छ । नेपाली पक्षले भारतीय पक्षसँग एउटा व्यक्तिले प्रतिबन्ध लागेको पाँच सय र एक हजार दरका नोट एकपटक साट्न पाउने र उसको रेकर्ड राख्ने लगायतको मोडालिटी बुझाउनेछ ।
