दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा आयोजना हुने भनिएको मध्यपश्चिम व्यापारिक सांस्कृतिक एवं पर्यटन महोत्सव २०७३ रोक्न आग्रह गरेको छ ।
गैर व्यवसायी संस्थाबाट हुन थालेको महोत्सव व्यवसायीक क्षेत्राधिकार भन्दा बाहिर भएको संघको तर्क छ । संघले क्षेत्राधिकार भन्दा बाहिर भएकोले अनुमति नदिन स्थानीय प्रशासनलाई अनुरोध गरेकोछ, उवा संघको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
दाङस्थित एक गैर व्यवसायी संस्थाले यही माघ २७ देखि फाल्गुन ९ गतेसम्म घोराहीको नवलपुरमा मध्यपश्चिमस्तरीय महोत्सवको आयोजना गर्ने कार्यक्रम सार्वजनिक भएको थियो ।
महोत्सव आयोजनाको समाचार बाहिर आएपछि संघले क्षेत्राधिकार बाहिरको भन्दै आपत्ती जनाएको हो । पर्यटन प्रवद्र्धन उद्योग कृषि उद्यमको प्रवद्र्धन गर्ने उद्योग वाणिज्य महासंघ जिल्ला संघ र नगर संघहरुको भएकोले यस्ता कार्य नगर्न समेत आग्रह गरिएको छ ।
