बिमल गौतम

तुलसीपुर २६ पौष । तुलसीपुर नगर पालिका वडा नम्वर ३ मा आज देखि १५ दिने कढाई तालिम शुरु भएको छ । तुलसीपुर नगर पालिका वडा नम्वर ३ को महिला लक्षित शिर्षकको ७५ हजार रकम बाट महिलाहरुका लागी १५ दिने कढाई तालिम शुरु भएको सामाजिक परिचालक लिना शर्माले जानकारि दिनुभयो ।

hate-kadhai

तुलसीपुर नगर पालिका वडा नम्वर ३ महिला सञ्जालका संयोजक ईश्वरा केसीको अध्यक्षता तथा तुलसीपुर नगर पालिकाका एल जि सि डि पि कार्यक्रम अधिकृत भिम बहादुर खत्रिको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै खत्रिले तालिमबाट सिकेको कुरालाई दैनिक जिवनमा प्रयोगमा ल्याउन सुझाव दिनुभयो ।

उहाँले तालिमले सामान्य कुरा मात्रै सिकाउने भन्दै धेरै कुरा दैनिक अभ्यासले सिकाउने बताउनु भयो । उदघाटन कार्यक्रममा वडा नम्वर ३ का सचिव होम बहादुर वलि , एल जि सि डि पि कार्यक्रम संयोजक हेमन्त योगि , वडा नागरिक मञ्चका संयोजक पुनाराम भण्डारि , प्रशिक्षक भुमा केसी लगाएतकाले सिकेको सिपलाई ब्यवहारमा उतार्न सके जिवन यापनमा सहज हुने बताउनु भयो ।

उहाहरुले तालिमबाट केहि ज्ञान आर्जन हुने भन्दै त्यसलाई दैनिक जिवनमा उतार्न सके मात्रै त्यसले मानिसलाई फाईदा पुग्ने बताउनु भयो । तालिममा वडाका ३५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा भुमा केसी रहनु भएको छ । उदघाटन कार्यक्रमको संचालन सामाजिक परिचालक लिना शर्माले गर्नु भएको थियो ।