काठमाडौं, २६ पुस । ऊर्जा मन्त्रालयले आव्हान गरेको अनलाईनमार्फत शेयर लगानीमा दोस्रो दिन आज संगलवारसम्म ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँको प्रतिवद्धता आएको छ ।

janardan-sharma-2जसमध्ये आज मात्रै १८ करोड ७० लाख ३० हजार ६५ रुपैया लगानीको प्रतिवद्धता आएको ऊर्जा मन्त्रालयले जनाएको छ । उर्जा मन्त्रालयका अनुसार हिजो र आज गरी ९ हजार १ सय ६५ जनाको व्यक्तिगत आवेदक प्राप्त भएको छ ।

कुल व्यक्तिगत लगानी रकम ५५ करोड १८ लाख ६९ हजार ४ सय ८० रुपैंया छ भने कुल कम्पनी संख्या ६ रहेको छ । कुल कम्पनी लगानी रकम २ करोड ४६ लाख २५ हजार रुपैंयाँसहित मंगलवारसम्म कुल लगानी प्रतिवद्धता रकम ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैया पुगेको उर्जा मन्त्रालयले जनाएको छ ।

बिदेशमा रहेका नेपालीहरुले माथिल्लो अरुण, दुधकोशी, तमोर र सुनकोशी ३ सहितका आयोजनाहरुमा शेयर लगानी गर्न सुझाव दिइएको मन्त्रालयले जनाएको छ ।