इन्द्रेणी संवाददाता
देउखुरी, १३ बैशाख ।
देउखुरीको कर्रि सामुदायीक वन क्षेत्रमा अतिक्रमण गरी घर टहरा वनाउने क्रम वढीरहेको छ । सतवरीया गाविसको कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगलाई जग्गा विक्रि गरी स्थानीयले सामुदायिक वनको जग्गा कब्जा गरी घर टहरा वनाउन थालेको सामुदायीक वन समुहका अध्यक्ष कृष्ण खत्रिले वताउनु भयो ।forest

सामुदायीक वनमा सिमेन्ट उद्योगलाई जग्गा विक्रि गरेका चार ब्यक्तिले घर वनाएका सामुदायीक वनको जग्गा अतिक्रमण गरी घर टहरा वनाउन थालेपछी सामुदायिक वनले अतिक्रमण ब्यवस्थापनको विषयमा छलफल थालेको छ । मालपोत, भुमिसुधार कार्यालय, सुरक्षा निकाय, राजनैतिक दलको विचमा अतिक्रमण ब्यवस्थापन गर्न छलफल गरिएको छ ।

अतिक्रमण ब्यवस्थापन गर्न थप निर्णयमा पुग्न पुनः छलफल गर्ने योजना वनेको छ । कर्रि सामुदायीक वनको प्लट नं. १ र २ अतिक्रमित छ । २०६४ सालमा सुकुम्वासीको नाममा सामुदायिक वनको जग्गा अतिक्रमण भएको हो । सामुदायिक वन दर्ता हुनु अघि वन क्षेत्रमा ५ वटा घर वनेका थिए ।

६ सय २६ हेक्टर क्षेत्रफलमा फैलीएको वन अहिले अतिक्रमण पछी ५ सय हेक्टर मात्रै जंगल छ । सुकुम्वासीले अतिक्रमण गरेको जग्गामा भुमिसुधार कार्यालय दाङले ४६ जनालाई कित्ता काट गरेर प्रति ब्यक्ति ५ कट्ठाको दरले जग्गा उपलब्ध गराउन पुर्जा समेत वितरण गरेको थियो । तर, सो स्थानमा लालपुर्जा प्राप्तगरेका सुकुम्वासीले जग्गा उपभोग गर्न पाएनन् ।
जग्गा अतिक्रमण गरी वसेका छुट मुक्त कमैयाँहरुले पुर्जा प्राप्त सुकुम्वासीहरुलाई जग्गा छोडेनन् । कर्रि सामुदायीक वन जग्गामा वसोवास नपाएका सुकुम्वासीहरु मध्य २८ घर धुरीलाई दाङको सुनपुरमा जग्गा खरिद गरेर वसोवासको ब्यवस्था गरिएको भुमिसुधार कार्यालय दाङका कमैया शाखाका सुपरभाईजर हरिप्रसाद चौधरीले वताउनु भयो ।।