१३ जेठ, पाँचथर ।
पाँचथरमा जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा एक वालिकाको मृत्यु भएको छ भने ४ जना सिकिस्त विरामी परेका छन । जिल्लाको आङ्ना– १ की पदममायाँ माङ्लाककी पाँच वर्षीया छोरी सोनीको मृत्यु भएको हो ।

chyauसोनीको स्थानीय स्वास्थ्य चौकी मौवामा उपचार सम्भव नभएपछि झापाको दमकस्थित लाइफलाइन हस्पिटल लगिएको थियो ।ति वालिकाको अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

च्याउ खाँदा पदममायाँ, छोरा १६ वर्षीय रामप्रसाद, १३ वर्षीया छोरी कविता, आठ वर्षीया छोरी मनुषा बिरामी भएका छन् । उनीहरुको लाइफलाइन हस्पिटल पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पदममायाँ मालाङ्कले जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाँदा परिवार नै बिरामी परेका हुन् ।।