इन्द्रेणी संवाददाता
दाङ, २४ पुस । दाङ स्यूजा गाविस सचिव खिमेन्द्रसिंह खड्काले केही व्यक्तिहरुले आफूलाई गाविस कार्यालय घोराहीको एक होटलमा खोलेर वसेको आरोप निराधार भएको स्पष्ट पारेका छन् । आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी घोराहीमा रहेको समयमा जनता काम नरोक्यौस भनेर काम गरेको तर कार्यालय राखेर नवसेको स्पष्ट पारेका हुन् ।

dscn0996‘गाविससँग सम्बन्धीत जनताका काम सदरमुकाममै हुन्छन् र स्थानीय निर्वाचन नभएको अवस्थामा गाविसको काम गाविस सचिवले नै गर्नुपर्छ’, खड्काले भने, ‘जनताको काम नरोक्यौस भनेर कुनै स्थानमा सम्पर्क दिएर जनताको काम गरेको हुँ, गाविस कार्यालय वरु मेरो झोला बन्न सक्छ, कार्यालय राखेको छैन ।’

गाविस परिषद समेतमा केही व्यक्तिले एक्लौटी गरेको भन्ने आरोप सही नभएको सचिव खड्काले बताए । स्थानीय स्रोत साधन परिचालन तथा व्यवस्थापन कार्यविधि अनुसार नै आफूले परिषद सम्पन्न गरेको र त्यो गाविस सचिवको हैसेतले आफ्नो दायित्व पनि भएको उनले बताए । परिषदमा नेकपा एमालेका प्रतिनिधि वाहेक अरु सबै दलको सहमति भएको र वहुँमतको आधारमा परिषदबाट गाविसको बजेट प्रस्ताव भएको खड्काले बताए । स्थानीयबाट पैसा लिएको आरोप मात्रै भएको र प्रमाणित गर्न चेतावनी दिए ।

केही व्यीक्तहरुले आफूमाथि लगाएको आरोप गाउँ परिषदमा असन्तुष्ट नभइ गाविसको प्राविधिक राख्ने सम्बन्धमा भएको विवादलाई लिइर आफूलाई आरोप लगाएको उनले बताए । गाविसका प्राविधिक पुष्प भण्डारीलाई दलहरुको समतिमा नै अर्काे र्फम दर्ता भएको आधिकारीक प्राविधिक चन्द्रबहादुर केसीलाई नियुक्त गरेको सचिव खड्काले जानकारी दिए ।

स्थानीय राजनीतिक दल र गाविसका स्थानीयहरुसहित पत्रकार सम्मेलनमा सहभागि भएको गाविस सचिव खड्का र स्थानीयले जिल्ला विकास समितिमा पनि ज्ञापनपत्र वुझाएका थिए ।