काठमाडौं, २४ पुस । प्रमुख विपक्ष दल नेकपा एमालेसहितका विपक्षी दलहरूको नाराबाजीका बिच व्यवस्थापिका संसद्मा संविधान संशोधन विधेयक पेस भएको छ ।

cabenitसंविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरू उठेर विरोध गरे । विरोधका बीच कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबुल गरेका छन् । विरोध गरेपनि आइतबार बसेको बैठकमा विद्येयक पेस भएको हो ।

बैठकमा निर्वाचनसम्वन्धी दुई विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भएको छ । अर्को बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।