रौतहट, २४ पुस । उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज रौटहटमा संयुक्त रुपमा सवस्टेशनको शिलन्यास गरेका छन्। उनीहरुले रौतहटको पतौरास्थित मौलापुर–३ मा सवस्टेशनको शिलन्यास गरेका हुन्।

inderionlineसवस्टेशनको शिलन्यास गर्दै उर्जामन्त्री शर्माले आर्थिक समृद्धिलाई अगाडि बढाउन जलविद्युत् विकासले महत्वपूर्ण भूमिका खेल्ने बताए। रौतहटमा हुने गरेको विद्युत चोरी तर्फ संकेत गर्दै उनले कर्मचारीकै मिलोमतोमा हुने विद्युत चोरी गर्नेलाई कडा कारबाही गरिने बताए।

चोरी नियन्त्रण गर्न तत्काल विद्युत चुहावटलाई रोक्नुपर्ने बताउँदै उनले भने, ‘तत्काल विद्युत चोरी रोक्नुपर्छ। त्यसबाट मात्रै विद्युतभार रोक्न सकिन्छ।’