काठमाडौं, २४ पुस । सभामुख ओनसरी घर्तीले पाँच दलको बैठक बोलाएकी छिन् । आज संसद बैठक वस्नु अघि दिउँसो १ बजे काग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शिर्ष नेताहरुका लागि बैठक आह्वान गरेकी हुन् ।
लामो समयदेखि संसद विपक्षको अवरोधका कारण संसद चल्न नसकेपछि आजको संसद बैठक सञ्चालनका लागि सहमति जुटाउनका लागि घर्तीले बैठक आह्वान गरिएको बुझिएको छ । संसद बैठक आज ३ बजेका लागि बोलाइएको छ ।
