तुलसीपुर २४ पुस । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दाङले शनिबार तुलसीपुरमा पार्टि प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष हरि खड्काको अध्यक्षता एवं संगठनका केन्द्रीय सदस्य हंशराज केसीको प्रमुख आतिथ्यमा भएको पार्टि प्रवेश कार्यक्रममा तुलसीपुर क्षेत्रका युवा तथा विद्यार्थी गरि २१ जनाले विभिन्न पार्टि परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् ।
कार्यक्रममा राष्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय सदस्य यम भण्डारी लगायतले आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण मिडिया नेपाल दाङका सचिव तेज वलीले गर्नुभएको थियो ।
