mahila-jesij

घोराही २४ पुस । महिला जेसिज दाङको नव निर्वाचित नेतृत्वले शनिवार देखी आफ्नो पदभार ग्रहण गरेको छ । वर्ष २०१६ की अध्यक्ष सन्जिता गौतमले वर्ष २०१७ की नव निर्वाचित अध्यक्ष निरजा पोख्रेल लाई औपचारिक कार्यक्रमका विच पद हस्तान्तरण गरिएको थियो ।

२०१६ की अध्यक्ष सन्जिता गौतम अध्यक्षता एंव दाङ देउखुरी जिल्ला अदालतका न्यायधिश कोमल प्रसाद आचार्यको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वौल्दै प्रमुख अतिथि आचार्यले महिलाको विकास र सामाजिक सेवा भावमा समर्पित हुन आग्रह गर्दै वधाई ज्ञापन गरेका थिए ।

महिलाहरुको नेतृत्व विकास देखी सामाजिक शशक्तिकरणका लागि अहम भुमिका निर्वाह गर्दै आएको महिला जेसिजले अझै सामाजिक शशक्तिकरण् अभियानात्म्क कदमहरु चाल्नु पर्ने जरुरी रहेको उनले वताए । उनले भने ‘महिला हिंसाको सवाल होस वा महिला नेतृत्व विकास होस । ’

जुन सामाजिक न्यायका लागि समेत योगदान वन्न सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र न. ३ का सभापति भुप वहादुर डाँगी , घोराही खानेपानीका उपाध्यक्ष वलदेव योगी , नेपाली काँग्रेस त्रिपुर नगर सभापति दिपक पाण्डे , नेपाल पत्रकार महासंघकी उपाध्यक्ष लक्ष्मी आचार्य , गोरक्ष दैनिकी प्रकाशक सुलोचना गौतम , महिला जेसिजकी पुर्व अध्यक्ष शुशिला पौडेल , लायन्स क्लवकी पुर्व अध्यक्ष वालिका लम्साल , राधा आचार्य द्रोपती न्यौपाने , सिसा नेपालकी साजिता सिद्दिकी , हरप्लेसका विनोद केसी , महिला मानव अधिकार रक्षक संन्जालकी सुष्मा गिरी , गोपाल रावत , मुकुन्द पोख्रेल र ललिता केसी लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वर्ष २०१६ की खेल संयोजक ममता विष्टको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रेखा शर्माले गरेकी थिईन भने जेसिज आस्थापाठ पुजा योगीले गरेकी थिईन ।