सबिता सुनार/ दाङ पुस २२ । व्यावसायिक पशुपालनमा दाङ जिल्लाका पशुपालक कृषकहरु पनि आकर्षित हुदै गएका छन् । व्यापार व्यवसाय, उद्योग, कलकारखाना, पसल, पशु तथा कृषि फार्म लगायतमा यस क्षेत्रका स्थानिय आर्थिक उपार्जनका निम्ति आफैँ सक्रिय भएर पशु फार्म व्यवसायमा संलग्न हुन थालेका हुन् ।
व्यावसायिक पशु फार्म सञ्चालन गरी उनीहरुले मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका स्थानियले पशुपालनलाई बलियो आम्दानीको स्रोत बनाएर दिगो रुपमा व्यवसायलाई अगाडि बढाउँदै गएपछि आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् ।
तुलसीपुर ६ गोलौरा लक्ष्मीपुर टोलका स्थानिय लोकराज डाँगी पनि यस व्यवसायमा आकर्षित हुनु भएको छ । उहाले झण्डै ५ बर्ष देखि आफ्नै लगानिमा लक्ष्मी पशुसेवा पशुपालन फार्म सञ्चानल गदै आउनु भएको छ ।
पशुपालनबाट यथेष्ट फाइदा हुने देखेपछि आफु पशुपालन व्यवसाय तर्फ आकर्षित भएको बताउनु हुन्छ तुलसपिुर ६ गोलौरा लक्ष्मीटोल निवासी लोकराज डाँगी । पशु व्यवसाय उत्साहि र जागरीलो व्यवसायको रुपमा लिने गरेको बताउनु भयो । यो व्यवसायमा उत्पादन राम्रो र भरपर्दाे भएको भन्दै यो व्यसायले दुध संगै मलबाट पनि मनग्य आम्दानी भएको बताउनु हुन्छ ।
यो व्यवसायमा जागर गर्ने सके मनग्य आम्दानि हुने भन्दै आफु यो पेशामा संलग्न भएको बताउनु भयो । उहाले अहिले आफ्नो फार्ममा ४ जना कामदार पनि राख्नु भएको छ । ४ जना कामदारको ज्याला कटाएर पनि दिनमा दुई हजार पच्चिस सय बच्ने गरेको बताउनु भयो । घरमा छोरा बुहारी छन् उनिहरु दिउसो आ आफ्नो पेशामा गएपनि बिहान र साँझ आफ्नो व्यवसायमा धेरै सहयोग गर्ने गरेका छन् उहाले भन्नु भयो आफुलाई घरबाट पनि धेरै सहयोग मिल्ने गरेको छ । सबै परिवारका सदस्यले साथ दिइरहनु भएको छ र काममा सघाइरहनु भएको छ ।
यो व्यवसायबाट आफुलाई धेरै सन्तुष्टि मिलेको भन्दै यो देखेर गाँउका अन्य दाजु भाईले पनि यो व्यवसाय सञ्चालन गर्नु सकुुन भन्ने आफुले चाहेको बताउनु भयो । उहाले आफुले यो व्यवसाय गरेको देखेर गाँउका अन्य स्थानियले पनि देखेर सिक्न आग्रह गर्नु भएको छ ।
लक्ष्मी पशुसेवा पशुपालन नाम दिईएको फार्ममा उहाले अहिले अमेरिकन होलेस्टियन फिजिसियन र जर्सि जातका साना–ठूला गरी १२ ओटा गाई पाल्नु भएको छ । उहा बजार व्यवस्थापनमा चाही कलिकति कडिनाई भएको बताउनु हुन्छ । यस्मा सम्बन्धित निकायले ध्यान दिन सके झनै यो व्यवसाय गर्नु भएको व्यवसायीहरुलाई धेरै सहजता पाउने बिश्वास गर्नु भएको छ ।
