नारायणपुर, २३ पुस । नारायणपुर खानेपानी सरसफाई तथा उपभोक्ता समितिको १४ औँ साधारणसभा एवं पाँचौै अधिवेशन माघ १५ गते हुने भएको छ । समितिको हालै बसेको बैठकले समितिको साधारण सभा र अधिवेशन माघ १५ गते गर्ने निर्णय गरेको हो ।
समितिले साधारण सभा र अधिवेशनका बारेमा त्रिपुर नगरपालिकाका भित्रका बोर्ड प्रतिनीधी, राजनितिक दलका प्रतिनिधीहरुसँग छलफल गरेको छ । आज शनिवार भएको छलफलमा अधिवेशन र साधारण सफल बनाउनका लागि सहयोग गर्ने सहभागीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) को अध्यक्षतामा भएको छलफलले त्रिपुर ५ बरुवागाँउमा निर्माण गरिने ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी शिलन्यासकालागी खानेपानी मन्त्रीलाई ल्याउनकालागी पहल गर्ने, त्रिपुर २ झारबैरामा निर्माण भईरहेको ओभरहेड ट्यांकी र डिप बोरिङको लागि नगरपालिकाबाट रकम उपलब्ध गराईदिन पहल गर्ने लगायतका निर्णयहरु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका देवबहादुर वली, माओवादि केन्द्रका माधवप्रसाद पाण्डे, नेकपा क्रान्तिकारी माओवादीका पदमप्रसाद अधिकारी, सामाजिक लोकतान्त्रीक पार्टिका तिलकबहादुर पुन, संघीय थरुहट मञ्च नेपालका शिला चौधरी, संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार केशवकुमार पाण्डे, समितिका उपाध्यक्ष दिपककुमार सुवेदी लगायतले आफ्नो विचार राखेका थिए ।
