दाङ, २३ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने राष्ट्र निर्माण धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ मा दैनिक विशेष कार्यक्रमहरु हुने भएका छन् ।
पद्मोदय पब्लीक नमुना माध्यामीक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधिक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबचि एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ हुने महायज्ञमा माघ ३ देखी १० गतेसम्म दैनिक विशेष कार्यक्रमहरु हुने आयोजकले बताएको छ ।
पहिलो दिन ९ बजे शोभायात्रा निकाले दिएको छ भने दैनिक राष्ट्रनिर्माण एवं प्राविधीक शिक्षा आजको आवश्यकताको बारेमा विशेष प्रवचन हुने छ । दैनिक विहान ७ देखि १० बजेसम्म पूर्वाङ्ग÷मूलपाठ १ हजार ८ शालग्राम परिक्रमा तथा पूजा, मध्याह्न ११ बजेदेखि संगीतमयकता प्रवचन तथा झाँकीहरु, साँझ ४ बजेदेखी विद्यार्थीहरुको नैतिक विकासका लागी शैक्षिक कार्यक्रम, साँझ ५ बजेदेखी आरति, पुष्पाञ्जली, प्रसाद वितरणतथा गूरु ज्यूको बाहुलीबाट टिका प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै प्रत्यक दिन साँझ ७ बजेदेखी १० बजेसम्म प्रवचन तथा आध्यात्मीक कलाकारहरुबाट झाँकी एवं भजनकृतन हुने कार्यक्रमहरु रहेको उहाँले जानकारी दिनुभयो । साथैं उहाँले प्रत्यक दिन महायज्ञमा सहभागी हुनकालागी सम्पूर्ण भत्तजनहरुमा अनुरोध गर्नुभएको छ । महायज्ञको प्रमुख कथावाचकमा नेपालका चर्चीत एवं लोकप्रीय पण्डीत दिनवन्धु पोख्रेल, सहवाचकमा धुव्रशरण बस्याल रहनुभएको छ ।
