सुर्खेत, २३ पुस । नेकपा एमालेका युवा नेता महेश बस्नेतले अब हुने चुनावमा काङ्ग्रेस र माओवादी केन्द्रको बिजोग हुने दाबी गरेका छन् । भेरीगंगा नगरपालिका छिन्चुमा युवा संघ नेपालको प्रथम नगर अधिवेशन उद्घाटन गर्न सुर्खेत पुगेका नेता बस्नेतले अबको चुनावमा एमालले अत्यधिक बहुमतसहित विजयी हुने दाबी गरे ।

144‘अब हेर्नुस्, काङ्ग्रेस हाफ हुन्छ र माओवादी साफ हुन्छु, नेता बस्नेतले थपे,‘निर्वाचनमा एमालेलाई अत्यधिक मत ल्याएर जिताउन युवा संघले आजैबाट चुनावी माहोल बनाउन लाग्नुस् ।’

नेता बस्नेतले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने पनि धारणा राखेका छन् । उनले अब राजनीतिक गफभन्दा विकास निर्माणका एजेण्डा लिएर जनतामाझ जानुपर्ने पनि जिकिर गरे ।

विगतमा राजनीतिक स्वतन्त्रताका लागि आन्दोलित भयौँ, अब पनि त्यही एजेण्डा बोक्न गलत हुन्छ’, उनले भने, देशलाई आर्थिक रुपमा समृद्ध बनाउन विकासका मुहान फुटाउँदै शोषण, दमन र उत्पीडनमा परेका नागरिकका सवालमा राजनीतित केन्द्रित हुनु जरुरी छ।

पुर्व उद्योगमन्त्री तथा युवा संघका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुक जटिल मोडतर्फ गइरहेको बताए । उनले एमालेले मुलुकलाई विखण्डनको दिशातर्फ लैजानेहरुलाई तह लागएर ट्रयाकमा ल्याउने पनि दाबी गरे ।