राजेश वली
तुलसीपुर, २२ पुस । डुरुवा ६ धमाकापुर मा रहेको वालचेतना आधारभुत बिद्ययालयमा आज एक कार्यक्रमको आयोजना गरी छात्रबृती बितरण गरिएको छ ।

कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष रोहितकुमार चौधरीको अध्यक्षता एबम् शिक्षक अभिभाबक संघका अध्यक्ष लेखराज वस्नेतको प्रमुख अथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा छात्रा तथा दलित गरि १२३ जना बिद्यार्थीलाई ४५ हजार बराबरको छात्रबृती बितरण गरिएको प्रध्यानाध्यापक शालीकराम डाँगीले जानकारी दिए ।

सो अबसरमा बोल्ने बक्ताहरुले अभिभाबकलाई छात्राबृति बिद्यार्थीकै काममा खर्च गरिदिन आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथीे शिक्षक अभिभाबक संघका अध्यक्ष लेखराज वस्नेतले सबैमा बालमैत्री शिक्षा लागु गरी देशलाई आबश्यक दक्ष जनशक्ति निमार्णमा लागु गर्नुपर्ने बताए । ।

त्यस्तै कार्यत्रमका अध्यक्ष बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष रोहितकुमार चौधरीले सरकारले बितरण गर्दै आएको छात्रबृति कार्यत्रमलाई छात्रा र दलित बिद्यार्थीलाई मात्र बितरण नगरेर छात्रलाई पनि बितरण गरे अझ थप प्रभाबकारी हुने बताए ।