काठमाडौं, २२ पुस । प्रमुख विपक्ष दल नेकपा एमालेसहित नौ दलले आज राजधानीमा बृहत जनप्रदर्शन गरेका छन् । राजधानीका विभिन्न ४० स्थानबाट संविधान संसोधनको विरोध गदृै आएका दलका केन्द्रीय नेताहरुको अगुवाइमा जनप्रदर्शन गरेका हुन् ।

images-cms-image-000011790नेकपा एमालेका कार्यकर्ताहरुले भृकुटीमण्डप प्रदर्शनीमार्गमा सडक कब्जा गरेर मञ्च स्थापना गरे । भृकुटीमण्डप अघिल्तिरको बिच सडकमा सभा भएकाले काठमाडौंका मुख्य ठाउँमा गाडीको चाप छ । सभाअघि काठमाडौंका बिभिन्न ठाउँबाट र्‍याली निस्केको थियो ।संविधान संशोधनको बिरोध गर्दै आएका विपक्षी दलले सरकारलाई खबरदारी भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले संविधान कार्यान्वयन र तोकिएको समयमा तीनै तहको चुनाव गर्नुपर्ने माग गरेका छन् । सभालाई एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल र राष्ट्रिय पार्टी लोकतान्त्रिक नेपाल, बहुजन शक्ति पार्टी, नेपा राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपालका शीर्ष नेताले सम्बोधन गर्दैछन् ।