रेखा मगर
दाङ, १३ जेठ
यातायात ब्यवसायीहरुले गरेको चक्काजामका कारण आज विहानैदेखि सार्वजनिक यातायात प्रभावित भएको छ ।1ट्राफिक जरिवाना रकम बढेको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाउँदा यात्रुहरु मर्कामा परेका छन् ।

ट्राफिक प्रहरीले नियम विपरित गाडी चलाउनेलाई जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १हजार ५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागु गरेको छ ।

यातायात व्यवसायीले त्यसको विरोधमा आज दाङसहित देशभरी नै सार्वजनिक गाडी चलाएका छैनन ।

2जस्ले गर्दा यात्रुहरुलाई कष्ट भएको छ ।

व्यवसायीको बन्दका कारण आज दाङमा निजी गाडी, मोटरसाइकल मात्रै सामान्य रुपमा चलेका छन भने अन्य सार्वजनिक गाडी भने चलेका छैनन । बिहानैदेखि दाङवाट बाहिरिने र भित्रिने गाडीहरु वन्दका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।

सार्वजनिक भाडाका गाडी नचल्दा दाङका सडकमा आज गाडीको चाप कम छ । यातायात व्यवसायीले बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म सार्वजनिक गाडी नचलाउने बताएका छन् ।।