dipak-giri

भरतराज शर्मा, तुलसिपुर २२ पुस  ।  सस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्री जीवनवहादुर शाहीले टरिगाँउ एयरपोटबाट  आफ्नै कार्यकालमा नियमित विमान सञ्चालन गर्ने विश्वास दिलाएका छन् ।

विहीवार नेपाल प्रेसयुनियन दाङले तुलससीपुर एयरपोर्टमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शाहीले दंगालीलाई आफ्नै कार्यकालमा दाङमा विमान सञ्चालनगर्ने विश्वास दिलाएका हुन । ‘सरकारमा म एक दिन वा दुई दिन जति रहँुला तर, ढुक्क हुनुहोस मेरै कार्यकालमा म टरिगाँउ एयरपोटमा विमान सञ्चालन गर्नेछु ।’ मन्त्री शाहीले  राप्तीको केन्द्रविन्दुमा रहेको तुलसीपुर एयरपोर्ट सञ्चालन गर्नु अति आवश्यक रहेको र त्यो आफुले गरे रै छाड्ने विश्वास दिलाएका हुन ।

तुलसीपुर एयरपोट सञ्चालनमा प्राविधिक समस्याका साथै नेपाल एयर लायन्ससंग जहाज कम भएकाले तुलसीपुर एयरपोट सञ्चालनमा ल्याउन नसकिएको वताएका मन्त्री शाहीले टरिगाँउ एयरपोटमा विमान उडानका लागि गोमा एयरसंग आफुले कुरा गरिसकेको जानकारी दिए । तर उनले तुलसीपुर उद्योग वाणिज्य संघले प्रत्येक उडानका लागि नौं वटा टिकेटको जिम्मा लिन आग्रह गरेका थिए ।

जवाफमा कार्यक्रमै उपस्थित तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले नौं हजार भाडा घटाएर नेपालगञ्ज जस्तै समान ५ हजार देखि  ६ हजारकोे हाराहारीमा भाडा कायम गरिए टिकेटको  जिम्मा लिन तयार हुने विश्वास दिलाएका थिए ।

‘सरकारसंग विमान कम छ र निजी विमान सञ्चालकहरु एक दुई उडानमा घाटा भयलगतै  वन्दगर्छन त्यसैले टिकट व्यवस्थापनमा उद्योग वाणिज्य संघले सहयोग गर्नु आवश्यक छ ।’ मन्त्री शाहीले भनेका थिए । तुलसीपुरमा ईन्धन डिपो नभएपनि हालका लागि ट्याङकरवाट इन्धन ल्याएर भएपनि टरिगाँउ एयरपोट मै एन्धन रिफिलिङको व्यवस्था गर्नुपर्ने उनको धारणा थियो । सानो मात्रामा हवाई इन्धन स्टक राख्ने व्यवस्था गरेर भएपनि हवाई यातायात सञ्चालन गर्न तर्फ सवै लाग्नुपर्ने उनले वताएका थिए ।

एयरपोर्टको स्थलगत अनुमन सहित स्तरवृद्धिका लागि सस्कृति पर्यटन तथा उड्यन मन्त्रालयका सचिव शुरेस आचार्य,  नागरिक उड्यनका डिजी सञ्जिव गौतम सहित उच्च स्तरीय प्राविधिक टोली एयरपोटको अनुगमनमा आएको थियो । तुलसीपुर एयरपोर्टको रनवयलाई कम्तिमा १ हजार २ सय ५० देखि १ हजार ५ सय मिटर सम्म विस्तार गर्न आवश्यक रहेको उनीहरुले बताएका थिए ।

हाललाई साढे १२ सय मिटर सम्म मात्रै धावन मार्ग विस्तार गर्न सकेमा मात्रै ४० देखि ४५ सिट क्षमताका विमानहरु सहज रुपमा अवतरण गर्न सक्ने विज्ञहरुको सुझाव थियो । सिंचाई मन्त्री दिपक गिरीको पहलमा पर्यटन मन्त्री सहित उच्च स्तरिय अनुगमन टोली स्थलगत अनुगमनमा आएको थियो । मन्त्री सहितको अनुगमन टोलीले साँझ अवेर सम्मपनि दक्षिण तर्फको चिरोको अवलोकन गरेको थियो । मन्त्रीहरु समेत घाँसे मैदानमा पैदल हिडेर अवलोकन गरेका थिए ।

यसअघि गोमा एयरले झन्डै एकवर्षसम्म विमान सञ्चालन गरेपनि गत साल चैत २ गते देखि विमान सेवा अवरुद्ध बनेको थियो । २०११ सालदेखि विमान सेवा सुरु भएको टरिगाँउ एयरपोटमा विमान सञ्चालनको लामो इतिहास भएपनि २०४७ तथा २०५२ सला पछि भने पटक ÷पटक सेवा अवरुद्ध हुँदै आएको छ । यसअघि घाँसे मैदानमा विमान सेवा सञ्चालन हुँदै आएको भएपनि एयरपोटको धावन मार्ग कालोपत्रे भएपछि भने गोमा एयरले सेवा सञ्चालन गरेको थियो ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील वस्नेतको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष वसुन्धरा गौतमको स्वागत मन्तव्य वाट शुरु भएको थियो ।  पत्रकार सम्मेलनको सहजीकरण  यूनियनका सचिव देवेन्द्र वस्नेतले गरेका थिए । उक्त अवसरमा सांसदहरु वुद्धिराम भण्डारी, डिल्लीवहादुर चौधरी, राजु खनाल र  अनिता देवकोटाको उपस्थीति रहेको थियो ।

कार्यक्रममा नेपलाी काँग्रेस दाङका जिल्ला सभापति कीर्तिबहादुर खड्का देखि पूर्व जिल्ला सभापति लगायत काँग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
तत्काल धावनमार्ग विस्तार गर्न सकिन्छ : प्राविधिक
यसैबीच विमानस्थलको स्थलगत अनुगमनमा आएका उच्च प्राविधिक टोलीले टरिगाँउ एयरपोटको विमान स्थल तत्काल विस्तार गर्न सकिने बताएका छन् । उत्तर तर्फ बस्ति क्षेत्रमा दुई सय मिटर र दक्षिणमा तर्फको जंगल क्षेत्रमा तत्काल तीन सय मिटरमा धावन मार्ग कालोपत्रे गर्न सकिने उनीहरुले सुझाएका हुन ।

प्राविधिक टोलीले अनुगमन पछि धावन मार्ग एक हजार ५ सय मिटर वा सो भन्दा बढी विस्तार गर्न यात अहिलेको धावन मार्गको दिशा परिवर्तन गर्न आवश्यक रहेको तथा दक्षिणको जंगल क्षेत्रका विस्तार गर्न सकिने उपाय सुझाएको छ ।

प्राविधिक टोलीले उत्तर तर्फको वस्ति भएकोले त्यो जोखिम मोल्नु भन्दा दक्षिण तर्फको जंगल र चिरो तर्फ धावन मार्ग विस्तार गर्नु उपयुक्त हुने सल्लाह पनि दिएको छ । राप्ती समाचार