गोविन्द खड्का
घोराही, २१ पुस । केराउको मुल्य बुधवार सा“झ प्रतिकिलो चालिसदेखि सत्तरी रुपैयासम्म थियो । कृषिउपज बजार सञ्चालक समिति घोराहीका अध्यक्ष गुलाम रसुलका अनुसार इन्डीयन मटर कोसाको चालिस र स्थानीयको सत्तरी रुपैया“ प्रतिकिलोसम्म विक्री भएको हो । यो बर्ष प्रतिकिलोले एक सय ८० सम्म बिक्री भयो ।

20161213_081457सिजनको शुरुवात भारतिय केराउबाट भयो । जतिवेला व्यापारीले चालिस रुपैया पाउका दरले बेचे । त्यस बेला नेपालीको खेतबारीमा केराउ माटोमुनि थियो । जब फल्न थाल्यो खानेहरुले रुचाए । दाङमा उत्पादीत केराउ महंगोमा विक्यो । व्यापारीका अनुसार तरकारी बजारमा मटर कोसा कार्तिकदेखि आउन थाल्यो । नेपाली केराउ पुसदेखि मात्रै बजारमा देखिएको हो ।

शुरुवात इण्डियनबाट हुन्छ । भारतीय केराउले महंगो भाउ खाएपछि घट्दो मोलमा स्थानियले मटर कोसा बेचछन् । स्थानियले बजार ल्याउदासम्म धेरै घटिसकेको हुन्छ । चालिस रुपैया पाउबाट अहिले दश रुपैयामा झेरको छ । चौगुणा मुल्य घटेको बेलामा स्थानिय केराउ बजारमा आएको हो ।

केराउ धेरै खालका हुन्छन् । सिद्धार्थ एग्री सेन्टर घोराहीका सञ्चालक एक नारायण पोडेलका अनुसार सबै भन्दा राम्रो अम्विकेश्वरी हो । चलेको अर्केल जातको केराउ पनि छ । यहाँको सिजन साउन भदौदेखि मंसिरसम्म लगाउन मिल्ने हो । फल दिने चैत÷बैशाखसम्म । सिकिम लोकल जातको केराउ पनि छ त्यो जात पहाडिजल्लाहरु रुकुम सल्यानबाट आउने गर्छ ।

टमाटर जिल्लाबाट निकासी पैठारी हुने गरेको छ । त्यही स्तरमा केराउ उब्जने आश बढेको छ । भदौदेखि सिजन शुरु भएपनि किसानको बारी खनी भएको हुन्न । बर्षे वाली स्याहार्न नपाउदै उनीहरुले केराउ रोप्दैनन् । त्यसैले बजारले मागेको बेला भारतीय उत्पादनले ओगट्छ । त्यसको टेष्ट राम्रो हुन्न । दाना पोटिलो भेटिन्न । तर पनि चर्को मुल्यमा बिक्री हुन्छ ।

व्यवसायीक तरकारी खेति गर्नेहरुले धान मकै गहु लगाएर बारीलाई व्यस्त बनाउदैनन् । ‘मेले सोचे भन्दा दुई गुणा बढि केराउको विउ बेचेको छु’ पोडेलले भन्नुभयो, ‘धेरै प्रगति भएको छ ।’

हिउदे सिजन असोज पछिको लाई मानिन्छ । जिल्ला कृषि विकास कार्यालय दाङका बालि विकास अधिकृत पिताम्बर बस्नेतका अनुसार त्यहि पुरानो मानसीकताका साथ जमिन खाली भएपनि कुरेर बस्ने किसानको चलन छ । त्यसको फाईदा बाहिरकाले उठाउछन् । उहाका अनुसार सिमखेतमा नभएपनि पाखो बारीमा साउन भदौ देखिनै केराउ खेति शुरुगरे हुन्छ ।

अर्काले जे गर्छ त्यहि गर्ने देखिा सिखीको कारण धेरैको ध्यान टमाटरमै जानेगरेको देखिन्छ । ‘नगरेको हो नभएको होईन’ अधिकृत बस्नेतले भन्नुभयो, ‘एउटै ठाउमा कसैले काउली, कसैले टमाटर त कसैले केराउ खेति गर्न सकिन्छ ।’ उहाका अनुसार बजार हेरेर व्यवसाय गर्ने वानी बसेको छैन । आफुहरुले व्यवसायीक तालिम दिने बेला सबैको दिने तर एउटै जात रोपेर बढि फलाउन प्रतिस्पर्धा गर्ने बानिले कमाउन सकेका छैनन् । यति सुधारे दशै तिहारमै केराउ बजारमा आउछ ।