देउखुरी, २० पुस । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल टे«ड यूनियन महासंघको ५ नं प्रदेशको पूर्ण वैठक लमहीमा भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल टे«ड यूनियन महासंघका ५ नं प्रदेशका अध्यक्ष दानवहादुर वलीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र कार्यालय सदस्य तथा महासंघका इन्चार्ज जयपूरी घर्तीको प्रमुख आतिथ्यमा भएको वैठकले संङगठन पूर्ण निर्माण, सदस्यता नवीकरण र मजदुर जागरण अभियान चलाउने, सबै जिल्लामा पेशागत संङगठन निर्माण गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी घर्तीले राज्यको रहेक नीति निर्माणमा दश प्रतिशत मजदुरलाई सहभागि गराउनु पर्ने वताए । मजदुरलाई अझै पनि मालिकले चाहेकै समयमा कामवाट निकाल्न छुट दिएको भन्दै मजदुर आयोग मार्फत देशभरका सम्पूर्ण मजदुरको हक अधिकार स्थापित गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा सहभागि मजदुर नेताहरुले संसदवाट पारीत भएको औद्योगीक व्यवसायिक ऐन मजजुरको विपक्षमा रहेको वताएका छन् । त्यसैगरी नयाँ दर्ता हुदै गरेको ऐनमा केही वूंदा मजदुरको पक्षमा रहेपनि मजदुरलाई घुमाइ फिराइ शोषण गर्ने खालको रहेको भन्दै आफूहरुले फरक मत राखेको स्पष्ट पारेका छन् ।
वैठकमा महासंघका केन्द्रिय महासचिव जगत शिम्खडा, उपाध्यक्ष गणेश रेग्मी, धनवहादुर वि.क., उपमहासचिव तथा ५ नं प्रदेश इन्चार्ज प्रकाश श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य जगप्रसाद शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण ५ नं प्रदेश सचिव भरत भरत भट्टराईले गरेका थिए ।
