तुलसीपुर २० पुस । गोल्टाकुरी ८ बंगालपुरमा रहेको साना किसान सहकारी संस्थाले सञ्चार माध्याममा महिला माथि प्रहरीद्धारा कुटपिट समाचार प्रति ध्यानाकर्षण जनाएको छ ।
संस्थाले बुधबार एक बिज्ञप्ति जारी गरी प्रहरी ईञ्चार्जले गोल्टाकुरी ८ की सरिता कँवरलाई निर्घात कुटपिट गरेको भनी सञ्चार माध्याममा आएको समाचार प्रति ध्यानाकर्षण गरेको छ ।
सरिताले सोही सहकारीबाट एक लाख ८० हजार रुपैयाँ ऋण लिएको एक बर्ष पुगि सक्दा सक्दा पनि किस्ता नतिरेको भन्दै उनीहरुले प्रहरी संग छलफल गरेका थिए । संस्थाको बिद्यानमा सदस्यले ऋण लिएको ६ ÷६ महिनामा ब्याज सहित किस्ता तिनुपर्ने उल्लेख छ । उनले २०७२ मंसिर २२ गते संस्थाबाट ऋण लिएको अध्यक्ष डम्बर कुमारी डाँगीले बताईन् ।
तर उनले संस्थालाई तिर्नुपर्ने किस्ता समयमै नतिरेर बैदेशीक रोजगारमा जान थाले पछि ईलाका प्रहरी कार्यालय गोल्टाकुरीका ईन्चार्ज प्रहरी हवलदार मान बहादुर थापाको साथमा छलफल चलाएको बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा कुटपिट नभई हवलदार थापाले आफुहरुको रोहबरमै छलफल गराएको र छलफलका क्रममा प्रहरीले कुटपिट गालिगलौच नगरेको उल्लेख छ ।
अध्यक्ष डम्मर कुमारी डाँगी, प्रबन्धक शुसिला पाण्डेले हस्ताक्षर गरेको बिज्ञप्तिमा भनिएको छ ‘छलफलको क्रममा प्रहरीले महिलालाई कुनै पनि कुटपिट तथा गालिगलौच नगरेको र प्रहरीले छलफल मात्र गराएको हो ।’
संस्थाको एक टोलीले बुधबार टोलीले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगी ध्यानाकर्षण गराएको थियो । हवलदार थापाले छलफलका क्रममा महिलालाई कुटपिट गरेको आरोप गलत भएको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनासंग सिघ्र रिहाईको माग पनि गरेका छन् ।
डिएसपी तिम्सिनाले भने घटनाको बिषयमा सत्य तथ्य छानबिन गर्ने बताए । साथै संस्थाका पदाधिकारीलाई छानबिनमा सहयोग गरिदिन पनि आग्रह गरेका थिए ।
