इन्द्रेणी संवाददाता
दाङ, १२ जेठ
केही दिन पहिले बोक्सीको आरोपमा कुटिएर सख्त घाइते भएकी धनौरी १ चिलरिया निवासी दिव्या चौधरीको उपचारका लागि विभिन्न निकाय तथा व्यक्तिहरुवाट आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लास्थित केही संस्था÷व्यक्ति तथा देशबाहिर रहेकाहरुले उहाँको उपचारमा आर्थिक सहयोग गर्नु भएको छ ।rekha

यसरी सहयोग गरिएको रकम २५ हजार रहेको छ । सहयोग गर्नेहरुमा पतञ्जली योग समिति घोराही केन्द्रले ६ हजार, घोराहीका विश्वराज आचार्यले २ हजार ५ सय, दुधरासका प्रकाश पन्थीले २ हजार, घोराही निवासी किशोरचन्द्र गौतमले १ हजार ५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

यसैगरी, पद्मा लिंखामगर अमेरिका न्यूयोर्कवाट ५ हजार, पारु आचार्य अमेरिका अलवामावाट २ हजार ५ सय, नारायण अधिकारी अमेरिका भर्जिनियावाट २ हजार, भानुभक्त आचार्य क्यानडा अटोवावाट १ हजार ५ सय र प्रतिमा शर्मा कार्यकारी निर्देशक राप्ती बहिरा संघवाट २ हजार गरी जम्मा भएको २५ हजार रुपैयाँ भालि विहिवार नै पीडितलाई पठाइने महिला मानव अधिकार रक्षकहरुको राष्टिय सञ्जालकी केन्द्रिय सदस्य लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।।