तुलसीपुर २० पुस । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आएका छ जना डाक्टरहरु अभ्यासको लागि आएको पुष्टि भएको छ । अस्पतालले मंगलबार बिज्ञप्ति जारी गरी एमडी तेस्रो बर्षमा अध्ययनरत रिजेडेन्टस बिभिन्न बिषयका बिशेषज्ञ डाक्टरहरु अभ्यासमा आएको जानकारी दिएको छ ।
अस्पतालका शाखा अधिकृत महेन्द्र राज शर्माद्धारा प्रेसित विज्ञप्तिमा अस्पतालमा आएका छ जना डाक्टरहरु मंगलबार देखि अभ्यासमा खटिएको उल्लेख छ । मंगलबार ‘अञ्चल अस्पतालमा आएका सबै डाक्टर सिकारु’ शिर्षकको समाचार राप्ती समाचार दैनिकमा सार्बजनीक भएपछि त्यसको खण्डन सहित अस्पताल प्रशासलने सिकारु नभई उनीहरु अभ्यासमा आएको उल्लेख गरेको छ ।
अञ्चल अस्पतालमा आएका डाक्टर सैदान्तिक पढाई सकेर प्रयोगात्मक अभ्यासका लागि आएको समाचारमा उल्लेख थियो । अस्पतालले मंगलवार नै बिज्ञप्ती जारी गरी उनीहरु अभ्यासमा आएको स्वीकार गरेका हो । अञ्चल अस्पतालमा आईतबार मात्रै छ जना डाक्टर आएका थिए । राप्ती समाचार
