दाङ, १९ पुस । चितुवाको छालासहित बर्दियामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको सततल्ला गाविस १ निबासी ५२ बर्षका बलबहादुर शाही रहेको क्षेत्रीय अनुसन्धान समूह (व्युरो) ले पक्राउ गरेको हो ।
जुम्लाबाट फर्किदै गरेको व्युरोको टोलीले जिल्लाको बबइनगरपालीका ३ अम्बासामा आज बेलुकी शाहिलाई पक्राउ गरेको बताइएको छ । संकास्पद गतिविधी देखेर सोधपुछ् गर्ने क्रममा झोलामा चितुवाको छाला देखेपछि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
