kath-taskar

तुलसीपुर , १९, पुस । दाङ प्रहरीले वन मुद्दा खेपेका फरार एक जना अभियुक्तलाई तनि वर्षपछि पक्राउ गरिएको जनाएको छ ।

दाङको बेला गाविस वडा नं. ८ मा लुकिछिपी बस्दै आएको अवस्थामा ४५ बर्षीय तुलाराम विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

दाङ देउखुरी जिल्ला अदालतले २०७० साल मंसिर २९ गते विकलाई अबैध काठ तस्करीका सम्लग्न रहेकोमा दोषि ठहर गर्दै ५ महिना २० दिन कैद र ४ हजार ६ सय रुँपैया जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेका विकलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको एसपी सिंहले जानकारी दिएका छन् ।