15801771_1157829960933665_1110438735_n

शालिकराम मुसाफिर

बाध्यता र विवसताले सेरिएको मान्छे म
हत्कडि र काडे तारले घेरिएको मान्छे म ।

गुलाव हुदा साथ दिने हराएछन् आज कहाँ
बाँच्दा पनि ज्युदो लास भै बेरिएको मान्छे म ।।

सजाएका मिठा सपना सिसा बनी फुटि दिए
उसको सामु ऐना सरि फेरिएको मान्छे म ।।।

यथार्थलाई अङ्गाल्दा तुसारो भै फैलि दिन्छ
शोक र रोगको कलमले केरिएको मान्छे म ।।।।

बाध्यता र विवसताले सेरिएको मान्छे म
काडे तार र हत्कडिले घेरिएको मान्छे म ।।।।।