काठमाडौं प्रेस काउन्सिल नेपालमा आयोजित एक कार्यक्रमकाबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले ४ जना शोधार्थीहरुलाई जनही रु.२५ हजारका दरले छात्रवृत्ति रकम प्रदान गर्नुभयो ।
सो अवसरमा काउन्सिल अध्यक्ष कार्कीले पत्रकारितामा अध्ययन अनुसन्धान गरेका, बिशेषज्ञमूखि पत्रकारहरुको आवश्यकता रहेको बताउँदै जान्ने र योग्य व्यक्तिले पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
अनलाइन मिडियामा आचारसंहिताको पालना, दक्षिण एशियाली पत्रकारितामा नीतिशास्त्रको तुलनात्मक अध्ययन, प्रकोप रिपोर्टिङमा आचारसंहिताका मुद्धाहरु र धनुषा जिल्लामा ग्रामीण पत्रकारिताको विकास सम्वन्धी शोध गर्नुभई छात्रवृत्ति पाउनेहरुमा क्रमशः सलोजा दाहाल, डिल्लीप्रसाद निरौला, मन्दिरा दुलाल र जितेन्द्रकुमार झा हुनुहुन्छ ।
