गोविन्द खड्का
घोराही, १२ जेष्ठ
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्ययोजना बनाई पुर्ण सरसफाइमा लाग्न दाङका विद्यालय सहमत भएका छन् । बुधवार घोराहीमा भएको विद्यालयका प्रअ तथा शिक्षक शिक्षीकाहरुको गोष्ठिमा उनिहरुले पुर्ण सफा विद्यालय घोषणा गर्न सामुहिक प्रतिबद्धता जनाएका हुन् ।
खानेपनी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख डिई जगन्नाथ पुर्वेको अध्यक्षतामा भएको गोष्ठिमा २८ विद्यालयका प्रअ तथा सरसफाइ शिक्षकको उपस्थिति रहेको थियो ।
गोष्ठीमा जिल्ला सरसफाइ फोकल पर्सन एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालका ईञ्जिनियर तिलक न्यौपाने, प्राविधिक तिल बहादुर केसी, तुलसीपुर नगर पालिकाका वातावरण शाखा अधिकृत काजु शर्मा, युनिसेफका कडक रोकाए लगाएतले प्रशिक्षण दिनभएको थियो ।
सहभागिहरु बाट शिक्षक टोपाराम भट्टराई, सुमित्रा योगी, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका कार्यक्रम संयोजक सिता पाण्डे लगाएतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण खानेपानी तथा सरसफाइ डिभिजन कार्यालका प्राविधिक गजेन्द्र बहकरीले गर्नुभएको थियो ।।