Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

बागलुङ, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले संविधान संशोधन प्रस्ताव पहिलेनै समझदारी गरिसकेको बताए ।

Sher Bahadur Deuba  Photo: Dinesh Gole/Nagarik/Republica
नेपाली कांग्रेस क्षत्रीय समिति बागलुङ क्षेत्र नम्बर १ ले ४१ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज आयोजित आमसभामा पहिलेनै समजधारी गरिसकेको प्रस्तावको विरोध गर्नुको कुनै औचित्य नभएको बताए

आमसभामा नेकपा एमाले अध्यक्ष केपी शर्माओलीतर्फ संकेत गर्दै सभापति देउवाले भने, ‘कि गाँजा, रक्सी खाएर सहिछाप गरेको हुँ भन्नुपर्‍यो, होइन भने कि गल्ती गरेँ भन्नुपर्‍यो, आफैले सहमति गरेको प्रस्ताव मान्नुपर्‍यो ।’

प्रतिपक्षी दल एमालेले लगातार संसद अवरुद्ध गर्दै आइरहेको प्रति आक्रोश व्यीत्र गर्दै उनले एमालेले झुटा कुरा गरेर देश विभाजन गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।

संविधान संशोधनमाथिको छलफल गर्न संसद रोक्नु संसदीय मर्यादा विपरित भएको भन्दै सभापति देउवाले पूर्व पार्टी सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच पहिले भएको सहमतिकै बिषयको आधारमा संशोधन प्रस्तावमा ल्याइएको दावी गरे ।