काठमाडौं, १५ पुस । पछिल्लो समय वैदेशिक रोजगारमा निकैनै ठगी मौलाएको पाइएको छ । वैदेशिक रोजगारको क्षेत्रमा निशुल्क कानुनी साहयता दिदैं आएको मानव अधिकारका लागि जनमंच ( पिपुल फोरम ) नामक संस्थाले पछिल्लो समय वैदेशिक रोजगारको नाममा ठगी निकैनै मौलाएको भन्दै चिन्ता देखाएको हो ।

chelibetibechbikhan‘राज्य संयन्त्र चनाखो भएन’
मंचका प्रमुख कृष्ण न्यौपानेले न्यूज अभियानसँग कुराकानी गदैं भने ,‘राज्य संयन्त्र कमजोर बन्दा, वैदेशिक रोजगारका नाममा ठगीने क्रम ज्यादा छ ।’

उनले इजाजतधारी म्यानपावरहरुले पनि ठगीलाई नरोकेको बताए । म्यानपावरहरुको ठगीलाई राज्यले निरुत्साहित नगरे यो समस्या विगराल बन्न सक्ने उल्लेख गरे ।

१२ हजार उजुरी
आफ्नो कानुनी साहयता केन्द्रमा दैनिक एकदर्जन भन्दा बढी पीडित उजुरी लेखाउनका निम्ति आउने गरको न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार, मंच स्थापना भए यता १२ हजारलाई निशुल्क कानुनी साहयता प्रदान गरेको र त्यसबापत झण्डै साढे २६ करोड असुल उपर गराउने गरी निर्णय गराउन सफल भएको न्यौपानेको भनाई रहेको छ ।

मंचले कतिपय उजुरीलाई वैदेशिक रोजगार न्याधिकरणमा त कतिपयलाई वैदेशिक रोजगार विभागमा पठाउने गरेको छ ।

मंचका अनुसार पछिल्लो समय , मानिसहरुमा सचेतनाको अभावमा ठगी बढेको बताइएको छ । यसका निम्ती वैदेशिक रोजगारमा जाने व्यक्तिलाई सचेत पार्न जरुरी रहेको मंचको भनाई छ ।

व्यक्ति मार्फत ठगीने बढी
यसैविच, मंचका अनुसार, म्यानपावरमार्फत भन्दा व्यक्तिगत रुपमा ठगिनेहरुको संख्या ठूलो रहेको छ । व्यक्तिगत रुपमा ठगिनेहरु, युरोपेलियन मुलुक र खाडी मुलुकमा आर्कषक तलवको प्रलोभनमा फस्ने गरेको मंचको ठम्याई रहेको छ ।

व्यक्तिगत ठगीमा एउटौं केशमा करोडौं ठगि समेत भएको मंचको दावी छ । मंचले नागरिकलाई सुरक्षित र शोषण मुक्त राख्न नसके भोलीको दिनमा समस्या अझै विकराल बन्ने र मुलुकको अर्थतन्त्रमा समेत ठूलो असर पर्न सक्ने चेतावनी दिएको छ । उसले मानव तस्करी गर्ने गिरोहलाई तत्काल पक्राउ गरी अपराध गर्नेलाई कडाँ कारबाही गर्न समेत भनेको छ ।

ठगीमा नेता सम्म संलग्न
मंचका अनुसार वैदेशिक रोजगारको नाममा राज्यको उपल्लो तहका मान्छेहरुबाट पनि ठगी भैइरहेको छ ।

मंचका प्रमुख न्यौपानेले भने,‘यहाँ उजुरी लेखाउन आउनेहरुले राज्यको उपल्लो तहका मान्छेले ठग्यो भनेर आउछन्, यस्ता केश दर्जनौं छन् ।’ उनले ठगीमा उपल्लो तहका नेता समेत रहँदा कारबाही नभएको भन्दै चिन्ता व्यक्त गरे ।

म्यानपावरलाई ग्रेडिङमा राख
मंचले ठगी रोक्न म्यानपावरलाई ग्रेडिङमा राख्न आग्रह गरको छ । वैदेशिक रोजगारका क्रममा राम्रो कम्पनीमा पठाएको आधारमा म्यानपावरहरुलाई ग्रेडिङमा राख्न मंचले भनेको हो ।

मंचले वैदेशिक रोजगारमा देखिएको ठगी तत्काल नरोकिए मुलुकमा अपराध निकै मौलाउने खतरा देखाएको छ । ठगी मैलाउँनुमा राज्य पनि जिम्मेवार रहेको बताउँदै मंचले राज्यलाई यस तर्फ ध्यान दिन आग्रह गरेको हो ।

म्यानपावरको अनुगमनमा पनि चुस्तता देखाउन उसले सरकारलाई आग्रह गरेको छ । मंचले मुलुकको अर्थतन्त्रमा समेत वैदेशिक रोजगारमा भैइरहेको ठगीले असर गर्ने भन्दै यसमा सचेत रहन सरकारलाई आग्रह गरेको हो । –विजय नेपाल