काठमाडौं, १४ पुस । आज बोलाइएको व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । दिउँसो १ बजे बोलाइएको बैठकको शुरुमै विपक्ष दलका सांसदहरुले विरोध गरेपछि बैठक स्थगत भएको हो ।

eeeeeबैठकको सुरुमै विपक्षी दलको तर्फबाट एमाले सांसद बैजनाथ यादवले संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका थिए ।

संसद चल्न नदिएपछि सभामुख ओनसरी घर्तीले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी थिइन् ।